अन्तर्राष्ट्रिय

चीनको सेनयाङ शहरबारे नयाँ रहस्य पत्ता लाग्यो

एजेन्सी । उत्तरपूर्वी चिनियाँ लियाओनिङ् प्रान्तको राजधानी सेनयाङ्गस्थित एउटा प्राचीन वस्ती दुई हजार वर्ष पुरोनो भएको उक्त शहरको साँस्कृतिक अवशेष तथा पुरातत्व अध्यययन विभागले आइतबार जनाएको छ । विभागले प्राचीन महत्व बोकेको उक्त शहरको अध्ययन गर्न सन् २०१६ को जुलाईमा सेनयाङ्स्थित एक स्थानबाट उत्खनन् सुरु गरेको थियो ।

उक्त उत्खननपछि भेटिएका घरका अवशेष, समाधिस्थल लगायतका सामग्रीबाट भेटिएका शिलालेख लगायतका प्रमाणबाट शहरले दुई हजार पूरानो इतिहास बोकेको जनाइएको हो ।

पुरातत्वविदले कुवाङझुवाङझीले मानवसभ्यताको काँस्य युग भनेर चिनिने अर्थात इशापूर्व २०२ देखि इश्वी सम्वत् २२० सम्मको हान वंशको शासनकालको समयमा बनेका सामान पत्ता लागेको जनाएको छन् ।