पु.समाचार

यस्तो छ उच्च अदालतमा न्यायाधीश नियुक्तिको आन्तरिक तयारी

काठमाडौं । लागातार बसेको न्यायपरिषद बैठकसँगै उच्च अदालतमा न्यायाधीस नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रधानन्यायाधीस एवं परिषद् अध्यक्ष शुशीला कार्कीसहित परिषदको शुक्रबार बसेको बैठक कुन समुहबाट कति जना न्यायाधीस बनाउने भनेर मोटामोटी निष्कर्षमा पुगेको छ ।

शनिबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, न्यायाधीस नियुक्तिको तयारी भइरहेको बेला दबाब र भनसुनका लागि न्यायपरिषद्का पदाधिकारीको कार्यालय र घरमा आकांक्षीहरुको दौडधुप चलेको छ ।
कानुनमन्त्री अजयशंकर नायक, परिषद् सदस्य पदम वैदिक र रामप्रसाद सिटौलाकहाँ भनसुनका लागि पुगिरहेको जानकारी स्रोतले दिएको छ ।