समाचार

लक्ष्मी नेपाली हत्या प्रकरणमा ३ जनालाई कैद

काभ्रे – सानो वाङ्थली ७ की ३२ बर्षीया लक्ष्मी नेपालीलाई बोक्सीको आरोपमा कुटपिट गरेका कारण मृत्यु भएको भनिएका ओरोपितमध्ये तीनजनालाई जिल्ला अदालत काभ्रेले बिहीबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

शनिबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएकोछ, हीरा लामा, उनकी आमा काइँली लामा र मृतकका श्रीमान् मिलन परियारलाई पुर्पक्षमा राख्न आदेश भएको छ भने निरमाया तामाङलाई २५ हजार जमानत लिएर तारेखमा राख्न आदेश दिएको छ ।