पु.समाचार

राष्ट्रपति भण्डारीसँग शीर्ष नेताहरुले गरे यस्तो छलफल

काठमाण्डौ । बिहीबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् । साँझ भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, संसद अवरोध, संविधान संशोधन विद्येयक लगायतका विषयमा राष्ट्रपति भण्डारीले चासो व्यक्त गरेको श्रोतले जनाएको छ ।

भेटमा राष्ट्रपति भण्डारीले अहिलेको परिस्थितिमा दलहरु मिलेर जानुको विकल्प नभएको कुरामा जोड दिएको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ । प्रमुख राजनीतिक दलहरु लगायत अन्य केही साना दलहरुका नेताहरुको समेत सहभागितमा सम्पन्न सो आन्तारिक बैठकमा राष्ट्रपति भण्डारीले २०७४ माघभित्र ३ वटै निर्वाचन हुने गरी अघि बढ्न सबैलाई सुझाव दिएकी थिइन् ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी रहेको शीतल निवास श्रोतले जनाएको छ ।