आर्थिक

प्रभु बैंकद्वारा आँखाशिवीर सम्पन्न

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । १२ वर्षे मेला ल्ह्फेव को अवसरमा प्रभु बैंकले तिलगंगा आखाँ प्रतिष्ठानको सहकार्यमा मुस्ताङको कोबाङ्गमा ३ दिने निःशुल्क आखाँ शिविर सम्पन्न गराएको छ ।
शिविरमा १५० जनाले आखाँ जाँच र आँखा सम्बन्धि विभिन्न रोग जस्तै मोतियाबिन्दु, जदविन्दु आदिको चिकित्सा सल्लाह सुझावबाट लाभान्वित भएका छन् ।
बैंकले आगामि दिनमा पनि यसरीनै विभिन्न संस्थागत सामाजिक उत्तरदायिक्त अन्तगर्तका क्रियाकलापहरु गराउने प्रतिवद्धता लिएको छ । अन्तिम दिनहरुमा प्रभ’ बैंकका समाजसेवी हातहरु अगाडि बढिरहेको देख्न सकिन्छ ।