समाचार

अर्काको नागरिकता प्रयोग गरेर ठगी गर्ने क्षत्री पक्राउ

काभ्रे । अर्काको नागरिकता प्रयोग गरेर ठगी गरेको आरोपमा प्रहरीले तनहु स्याम्घाका बसन्तबहादुर क्षत्री लाई पक्राउ गरेको छ । उनले आफ्नो संलग्नता नदेखियोस् भनेर अरुको नागरिकता प्रयोग गरी रकम निकाल्दै आएको प्रहरीले जनायो ।

बिहीबारको कान्तिपुरले लेखेको छ, पनौती १२ का अनील दुलालका नामबाट बनेपास्थित आईएमई ग्रुपको देवु मनी रेमिटबाट पैसा निकाल्ने क्रममा क्षत्री पक्राउ परेका हुन् ।

रुस पठाउने भनी पैसा असुल्दै आएका वसन्तका दाइ लक्ष्मण बहादुर क्षत्रीले इटहरीको कन्सल्टेन्सीमार्फत रकम मगाउने गरेको थिए । उक्त रकम भाइ वसन्तको नाममा आउने गथ्र्यो ।

लक्ष्मणले पनि आफ्नो नाम जीवन भन्दै गलत परिचय दिने गरेको प्रहरीले बताएको छ । दाइले मगाएको रकम भाइ बसन्तले अनीलका नामबाट झिक्ने गरेको खुलेको हो ।