समाचार

आईएमईबाट अर्कैको रकम निकाल्दा प्रहरीले यसरी थापालाई पक्राउ गर्यो

काठमाडौं । अर्कैको नागरिका प्रयोग गरी आईएमईबाट रकम निकाल्ने इटहरीका बसन्तबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आजको राजधानी दैनिकमा प्रकाशित समाचार अनुसार काभ्रे पनौती खोपासीका अनिल दुवालको नागरिकताको फोटोकपी प्रयोग गरी थापाले लाखौं रुपैयाँ रकम निकालेका थिए । दुवालको नागरिकता प्रयोग गरी ग्लोबल आईएमईबाट रकम निकालिरहेका बेला थापालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा थापाले यसअघि धेरै पटक यसरी रकम निकालेको पाइएको प्रहरीले जनएको छ । थापाले रसियामा बस्दै आएका जीवन केसीले पठाएको रकम भन्दै अर्कैको रकम निकाल्दै आएका थिए ।

प्रहरीले एटिएम मेसिनबाट पैसा चोर्ने गिरोह नियन्त्रणमा लिएपछि अर्कैको नागरिकता प्रहयोग गरी आइएमईबाट रकम निकाल्नेलाई पक्राउ गरेको हो ।