पु.समाचार

भारतमा जिप दुर्घटनाबाट मृत्यु हुनेहरुप्रति कांग्रेसको समबेदना

सुर्यखबर संबाददाता,
काठमाण्डौ । नेपाली काँग्रेसले भारतमा आईतबार जिप दुर्घटनामा परि मृत्युहनुेहरु प्रति समबोदना प्रकट गरेको छ । काँग्रेस मुख्यसचिब कृष्णचन्द्र पौडेलले जारी गरेको बिज्ञप्तीमा उक्त कुरा जनाईएको छ ।

जारी गरिएको बिज्ञप्ती अनुसार, “भारतको उत्तराखण्डमा हिजो जीप दुर्घटना हुँदा वैतडी शर्माली—२ डोबराका एकै परिवारका चार नेपाली सहित ६ जनाको मृत्यु र सोही परिवारका अन्य ४ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।

नेपाली कांग्रेस मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको उचित स्वास्थ्योपचारको व्यवस्थाका लागि सरकारसँग माग गर्दै उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।