राजनीति

किन एक्कासि टक्कर देखियो देउवा र ओलीबीच ? यस्तो रहेछ भित्री रहस्य !

काठमाण्डौ । पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सम्बन्ध निकै चिढिएको अवस्थामा देखिएको छ । एकले अर्कालाई निकै तिखा घोचपेच गरिरहेको देखिन्छ । यी दुई शीर्ष नेताहरुबीच किन अवस्था आयो त ? धेरैलाइ लाग्ला यी दुई नेताहरुको व्यक्तिगत प्रवृति पनि अलि छुच्चो स्वाभावको भएकोले यो अवस्था आएको हो तर श्रोतका अनुसार उनीहरुबीच आफ्नो व्यक्तिगत प्रवृत्तिले मात्र यो अवस्था निम्तिएको होइन्, सत्ता समिकरण र पार्टीगत दृष्टिकोणको मत भिन्नता पनि यसमा जोडिएको देखिन्छ ।

केही दिनअघिदेखि मन्त्रिपरिषदमा एउटा कुराले विशेष महत्व पाइरहेको छ । त्यो कुरा के भने एमाले अध्यक्ष ओली निकै बढी भएर बोलिरहेका छन् र उनको नजरमा अलि बढी तारो कांग्रेस सभावपति शेरबहादुर देउवा हुन थालेका छन् । मन्त्रिपरिषदको केही दिनअघिको बैठकमा मन्त्रीहरुले यो विषयमा गुनासो समेत गरे, नेकपा एमाले अध्यक्ष केपी ओलीले सबैलाई हेपेर बोलिरहेका छन्, तैपनि कसैले उनलाई केही भन्दैनन् ।

मन्त्रीहरुको आशय थियो, प्रधानमन्त्री प्रचण्डले भए पनि बोलिदिनुपर्योथ । एक मन्त्रीका अनुसार मन्त्रिपरिषदको त्यो बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिबारे मात्रै छलफल भएको थिएन, पछिल्लो राजनीतिक घटनाक्रमको लामै समीक्षासमेत भएको थियो ।

एकमन्त्रीका अनुसार यो छलफलको निष्कर्ष थियो, केपी ओली एउटा ध्रुवको जबरजस्त नेता बन्दैछन् र, उनले जे बोल्दा कसैले प्रश्न उठाउने हो भने उनी चुनौतीविहीन हुनेछन् ।’ उसो त पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पनि यस्तै गुनासो गर्नेहरुको कमी थिएन ।

सबै फोरमहरुमा उनीहरु देउवालाई भन्थे, केपी ओलीको एक छत्र भयो, तपाई पनि केही नभन्ने, प्रधानमन्त्री पनि बोल्न नसक्ने, अनि जता पनि केपी ओली । अरु त प्रतिक्रिया जनाउने मात्रै भए । ओलीको व्यक्तित्व लार्जर एण्ड लाइफ भइसक्यो । भोलि कसरी थेग्ने ?’

ओलीले राष्ट्रवादी कार्ड त खलिरहेका छन् नै, पछिल्लो समय संघीयताविरोधी जनमत पनि उनकै वरिपरि जम्मा हुन थालेको छ । यस्तोमा आगामी चुनावमा एमाले अध्यक्ष ओलीलाई कसैले चुनौती दिनै नसक्ने त होइन रु देउवानिटकहरुको यस्तो विश्लेषण छ ।

कांग्रेसका एक मन्त्री भन्छन्, ‘अहिले देउवा एमाले अध्यक्ष केपी ओलीप्रति रातारात आक्रामक भएका होइनन् । पार्टीभित्र र बाहिरबाटै उनलाई प्रोभोग गर्ने काम भइरहेकै थियो ।’
हुन त शेरबहादुर देउवालाई धेरै हिसाव(किताव गर्ने नेताका रुपमा लिइँदैन । तर, कांग्रेसका एक नेताका अनुसार अहिले ओलीविरुद्ध देउवाले लगातार दिइरहेको अभिव्यक्ति ‘अनटार्गेटेड मूभ’ भने होइन, ‘क्याल्कुलेटिभ’ नै हो ।

निकटवर्तीहरुसँग देउवाले भन्ने गरेका छन्, ‘राजनीतिमा जुन दिनबाट विरोध गर्न वा असहमति राख्न छाड्छ, त्यो दिनबाट त्यो मान्छे सकिन्छ ।’
त्यतिमात्र होइन् नजिकै परिदृष्यमा देखिएका तीनवटा ठूला निर्वाचन, सत्ता नेतृत्वको विषय लगायतका विषयहरुमा समेत ओलीले प्रभाव पार्न सक्ने कांग्रेस पक्षको आशंका छ । यो सवालमा प्रधानमन्त्री प्रचण्डले समेत केपी ओली विरुद्ध नबोलेको गुनासो सुनिन थालेको छ ।

देउवा र ओलीबीचको लडाइँमा किन बोल्दैनन् प्रचण्ड ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैमा चतुर राजनीतिक खेलाडी हुन् । यसबेला देउवा र ओलीबीच निकै कडा वाकयुद्ध हुँदा समेत उनले बीचधारको बाटो समाते जस्तो देखिन्छ । उनले न त केपी ओलीलाई कडा प्रहार गरेका छन् न त देउवालाई साथ नै दिएका छन् ।

सत्ता समिकरण भत्कने डरले उनले कांग्रेस सभापति देउवालाई आफ्नो बहसमा राखिरहन चाहिरहेका छन् भने जनमत आफ्नो पक्षमा पार्न एमाले अध्यक्ष ओलीलाई फकाउने रणनीति बनाइरहेका छन् । यद्यपि, प्रधानमन्त्री दाहालको पृष्ठभूमी आफैमा कट्टरपन्थी धारसँग मिल्दोजुल्दो भएकोले उनले देउवा र ओली दुवैलाई विश्वास गरिहाल्दैनन् ।

जानकारहरुका अनुसार यसबेला भने प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई कडा रुपमा जुधाएर सत्ता समिकरण लम्ब्याउने दाउ खेलेको हुनसक्ने समेत अनुमान गर्न सकिन्छ ।