पु.समाचार

नेपाल मेडिकल काउन्सिलले ल्यायो कडा आचारसंहिता

काठमाण्डौ । नेपाल मेडिकल काउन्सिलले पूरानो आचारसंहिता कार्यान्यन प्रक्रिया अव्यवहारिक भएको भन्दै कडा आचारसंहिता ल्याएको छ । चिकित्सा क्षेत्रमा चिकित्सकहरुको संख्या अत्याधिक बढेको र व्यावसायिक आचारसम्बन्धी समस्या बढेकोले कडा काउन्सिलले कडा आचारसंहिता जारी गरेको हो ।

नयाँ आचारसंसहितामा दोषी ठहरिएका चिकित्सकलाई सचेत गर्ने, बिरामी जाँच्न नपाउने, निलम्बन गर्ने, दर्ता खारेज गर्नेदेखि पाँचलाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान राखिएको छ । काउन्सिलले सन् २००२ मा ल्याएको आचारसंहिता निकै पूरानो भएको र त्यसको कार्यान्वयन प्रक्रिया अव्यवहारिक भएको भन्दै नयाँ आचारसंहिता ल्याएको जनाएको छ ।

नयाँ आचारसंहिता विनालाइसेन्स काम गर्ने विदेशी चिकित्सकहरुको सवालमा बढी आक्रमक देखिएको छ । विना लाइसेन्स काम गर्ने विदेशी चिकित्सक पाइएमा त्यसलाई कडा कार्वाहीको कानुनी दायरामा ल्याउन सकिने नयाँ आचारसंहितामा उल्लेख छ । त्यस्तै आचारसंहितमा शैक्षिक तह लगायतका प्रक्रियाहरु समेत निर्धारण गरिएको छ ।

स्नातक र स्नातकोत्तर तह अनुतिर्ण चिकित्सकहरुले सो सेवा सञ्चालन गर्न नपाउने प्रावधान राखिएको छ । सन् २००२ मा ३ हजार ५ सयको हाराहारीमा रहेका चिकित्सकहरु हाल १८ हजारभन्दा बढी पुगेका छन् ।