पु.समाचार

कमल थापा र विजय गच्छादारले पाउने भए महत्वपूर्ण मन्त्रालय

काठमाडौं । संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।प्रधानमन्त्रीले मन्त्रिपरिषदमा राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई ल्याउने तयारी गरेका छन् ।

थापाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गरेका छन् भने गच्छदार पनि सरकारमा जान तयार देखिएका छन् ।
आइतबारको नेपाल समाचारपत्रमा लेखिएको छ, थापासँग जिज्ञासा राख्दा उनले भने, ‘म अहिले धनगढीमा छु अनौपचारिक रुपमा यसअघि कुरा भएपनि औपचारिक रुपमा कुरा भएको छैन । पार्टीमा यसबारे कुरा गर्न बाँकी छ ।’

गच्छदारले सरकारको आलोचना गर्न थालेपछि प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइरहेको स्रोतको भनाइ छ ।