पु.समाचार

जन्मदिनमा पारस एक्लै परेपछि देखियो यस्तो दृष्य !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारसबाहेक स(परिवार थाइल्याण्ड भ्रमणमा निस्किएका छन् । नातिनातिनालाई थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्कएका हुन् । बुहारी हिमानी बसोबासको प्रवन्ध मिलाउन भन्दै पुस १ गते नै थाइल्याण्ड पुगेकी थिइन् ।

पूर्वरानी कोमल, नाति हृदयेन्द्र, नातिनीद्वय कृतिका र पूर्णिका पुस ४ गते थाइल्याण्ड गएका हुन् । पूर्वराजा ज्ञानेन्द्र आफ्ना स्वकीय सचिव सागर तिमल्सिनालाई लिएर यही १३ गते थाइल्याण्ड गएका छन् । भ्रमणमा धीरेन्द्र पुत्रीत्रय सिताष्मा, दिलासा, र पूजासमेत गएका छन् ।
करिब १५ जनाको भ्रमण टोली थाइल्याण्डस्थित आफ्नै भाडाको फ्लाटमा बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । ज्ञानेन्द्र परिवार करिब एक महिना बसाईपछि नेपाल फर्कने कार्यक्रम छ ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, पुत्र पारसलाई छोडेर सपरिवार थाइल्याण्ड गएपछि पारसको हिजो पुस १५ सम्पन्न ४५ औं जन्मदिन प्राय शुन्य भएको थियो ।