पु.समाचार

राष्ट्रपति भण्डारीले दिइन् समवेदना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितको निधनप्रति समवेदना प्रकट गरेकी छन् ।

राष्ट्रपतिका विज्ञ समूहका सदस्य मदनकुमार भट्टराईले दीक्षित निवास पुगी राष्ट्रपति भण्डारीका तर्फबाट स्वर्गीय दीक्षितप्रति श्रद्धान्जलि तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको जनाइएको छ ।

वरिष्ठ साहित्यकार दीक्षितको बिहीबार बिहान निधन भएको थियो ।