आर्थिक

चीनले दिनेभो १५ अर्ब ७० करोड अनुदान

काठमाडौं । चीन सरकारले सडक स्तरोन्नती तथा भूकम्पपछिको पुननिर्माणको लागि १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ ।

रसुवागढी– स्याफ्रुबेसी सडक स्तारोन्नती, नयाँबानेश्वर स्थित सिभिल अस्पतालको क्षमता वृद्धि तथा भूकम्पपछिको पुननिर्माण परियोजनाअन्तर्गत नेपाल र चीनबीच १५ अर्ब ६० करोड अनुदान सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।

शुक्रबारको कारोबारमा लेखिएको छ । चीनका लागि नेपाली राजदुत लीलामणी पौडेल र चिनिया उपमन्त्री झ्याङ सियाङछेनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।