आर्थिक

अरबौं ठगेको आरोप लागेका ब्यावशायी सुधीर बस्नेतलाई मध्यरातबाट यसरी प्रहरीले पक्राउ गर्यो

सुर्यखबर सम्बाददता,
काठमाण्डौ । चौधभन्दा बढी बैंकबाट १ अर्बभन्दा बढी ऋण लिएर फरार भएका ब्यावशायी सुधीर बस्नेत पक्राउ परेका छन् । ठगी मुद्धामा ६ महिनाभन्दा बढी हनुमानढोका लगायतका कारागारमा बसिसेका बस्नेतलाई बुधबार प्रहरीले धापासीस्थीत आफ्नै घरबाट पक्राउ गरेको हो ।
सयौं नागीकहरुको पैसा खाएको आरोपमा परेका निबेदनका आधारमा प्रहीले पक्राउ परेको जनाएको छ । बस्नेत ओरेण्टियल कोअपरेटिभका अध्यक्ष हुँदा रकम अपचलन गरेको मु४ा सर्बोच्च अदालतमा बिचाराधीन छ ।

आफ्नो कोअपरेटिभ मार्फत बस्नेतले घरजग्गा र हाउजिङका ब्यावशायहरु गर्दै आएका थिए । बस्नेतले अग्नि एयरमा मालिक समेत भएका थिए । ओरेण्टियल कोअपरेटिभ डुबेपछि उनको अग्निएयरपनि धरापमा पररेको थियो ।

काठमाण्डौका प्रहरी प्रमुख प्रद्युम्न कार्कीका अनुसार ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७२ चैत १६ गते दुई वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपिँया जरिवाना, अर्को ठगीको मुद्धामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्धामा २०७२ मंसिर ७ गते दुई वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैँया सजाय तोकेकोमा बस्नेत अदालतको पैसलालाई अटेर गरी भारतमा लुक्दै बसेको समाचार आएको थियो ।

प्रहरीले गोप्य सूचनाका आधारमा मध्य राती ११ बजे पक्राउ गरेको जनाएको छ ।
प्रहरी प्रमुख कार्कीका अनुसार पक्राउ परेका सुधीर बस्नेतलाई अदालतको फैसला कार्यान्वयनका लागि कारागार पठाईने र बाँकी निबेदनहरुमा बयान लिईने बताएका छन् ।