पु.समाचार

काठमाण्डौबाट मलंगवा गइरहेको बस दुर्घटनाग्रस्त

चितवन । जिल्लाको नारायणगढ–मुग्लिन सडकखण्डमा सोमबार राती एक यात्रुबस दुर्घटना हुँदा एकजना यात्रुको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटनामा सिराहा लक्ष्मीपुरका धर्मराज मण्डलको मृत्यु भएको बताइएको छ ।

काठमाण्डौबाट मलंगवातर्फ गइरहेको अनमोल डिलक्सको ना ४ ख ५४४२ नम्बरको यात्रुबस नारायणगढ–मुग्लिन सडक खण्डको चण्डिभञ्ज्याङ गाविसको कालिखोलामा दुर्घटनाग्रस्त भएको थियो ।

बसले ट्रकलाई ओभरटेक गर्न खोज्दा घटना भएको प्रहरीको अनुमान छ । घटना भएलगत्तै प्रहरीले उद्धार गरेको थियो । घटनामा परेका केही यात्रु निकै गम्भीर रहेको प्रहरीको भनाई छ ।