अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको डेढ दशक अघिको अनौठो भिडियो सार्वजनिक ! (भिडियो)

एजेन्सी– पछिल्ला वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे विभिन्न बहसहरु हुने गरेका छन् । अघिल्लो वर्ष नेपालमा नाकाबन्दी लगाएर नेपालीहरुको मन दुखाएका उनले योपटक भारतमै भारुका केही नोटमाथि प्रतिबन्ध लगाएर अर्को चर्चा कमाइरहेका छन् । त्यस्तै, भर्खरै भारतमा प्रधानमन्त्री मोदीको अर्को चर्चा सुरु भएको छ, यसबेला भारतीय सामाजिक सञ्जालमा उनको अनौठो नाचसहितको भिडियो भाइरल भैरहेको छ ।

कुरा के रहेछ भने एकदशक अघि तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीको घरमा होली नाच चलिरहेको थियो । त्यसबेला नरेन्द्र मोदी गुँजरातका मुख्यमन्त्री थिए । सो समारोहमा उनलाई पनि डाकिएको थियो । त्यसैबेला होली नाचमा महिलाहरु पनि कम्मर मर्काइ–मर्काइ नाचिरहेका थिए । त्यसलगत्तै तत्कालीन प्रधानमन्त्री वाजपेयी र मुख्यमन्त्री नरेन्द्र मोदी पनि सँगै नाच्न थाले । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । हेरौं सो दूर्लभ भिडियो ।

https://www.youtube.com/watch?v=QnaJkMnP770