राजनीति

नयाँ बानेश्वरको सर्बदलीय बैठक निष्कर्षबिहीन, बिना तयारीका हजार बैठकले पनि निश्कर्षहीन हुने

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । नयाँबानेश्वरस्थित संसद भबनमा सोमबार अपरान्ह बसेको नेपाली कााग्रेस, नेकपा एमाले, माओबादी केन्द्र लगायतका मुख्य दलहरुको सर्बदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सभामुख ओनसरी घर्तीको पहलमा अख्तियार दुरुपयोग अनुसंधान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्कीको महाअभियाग प्रस्ताब, संबिधान संसोधनका बिषयमा नेकपा एमाले लगायत ९ दलहरुले गरिरहेको संसद अबरोधका बिषयमा छलफल गरिर टुंगोमा पुर्याउने उद्देश्यका साथ बसेको बैठक बिना निह्कर्ष टुंगिएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता बिमलेन्द्र निधि, नेकपा एमालेबाट सुवाषचन्द्र नेम्वााङ, भीम रावल तथा राप्रपा अध्यक्ष कमल थापा, तमलोपा अध्यक्ष महन्थ ठाकुर , माओबादी केन्द्रबाट पम्फा भुषाल लगायत ७ दलको उपस्थिति थियो ।

सभामुखले १० सीट भन्दा बढी संबिधानसभामा स्थानप्रप्त ७ दलहरुलाईमात्र आजको बैठकमा बोलाएकी थिईन् । सभामुखले बोलाएका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी,  राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टीका प्रतिनिधिहरु उपस्थिति भएपनि छलफल नै मजाले नभईकन टुंगिएको बैठकमा उपस्थित एक नेताले सुर्यखबरलाई बताए । उनका अनुसार सभामुखको प्रयास भने सह्रानीय छ ।

दलहरुले होमवर्कबिना नै बैठकले नतिजा पाउन नसकेको राजनीतिक बिश्लेशकहरुले अड्कल गरेका छन् । यस्तै प्रकारले हजार बैठकले पनि राजनीतिक निकास पाउन नसक्ने बिश्लेशकको ठोकुवा छ ।