अन्तर्राष्ट्रिय

नरेन्द्र मोदीले दिए नयाँ संकेत, भारत र पाकिस्तानमा खैलाबैला !

एजेन्सी–भारत र पाकिस्तानबीचको सम्बन्धबारे फेरि एउटा नयाँ चर्चा सुरु भएको छ । दुवै देशबीच पछिल्लो समय तनाव उत्कर्षमा पुगेका बेला आइतबार एक्कासि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई जन्मदिनको शुभकामना दिएपछि सो चर्चा सुरु भएको हो । भारतीय प्रधानमन्त्री मोदीले आइतबार पाकिस्तानी समकक्षी शरिफलाई जन्मदिनको शुभकामना दिदै बधाई दिएका छन् ।

प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटरमा स्टाटस् लेख्दै पाकिस्तानी प्रधानमन्त्री शारिफको स्वस्थ र लामो जीवनको कामना गरेका छन् ।  पाकिस्तानी प्रधानमन्त्री शरिफको अघिल्लो जन्मदिनको अवसरमा भने मोदी लाहौरनै पुगेका थिए तर यो पटक भने उनले ट्वीटरमार्फत शुभकामना दिएका हुन् ।

narendra-modi-twiter

भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेका बेला मोदीले दिएको संकेतलाई बर्थडे डेप्लोमेसीको संज्ञा दिइएको छ ।  केही महिनाअघि भारत अधिनस्थ काश्मिरको उरीमा आतंकवादीहरुको हमलामा परेर १८ जना भारतीय सैनिकहरु मारिएपछि यी दुई देशबीचको सम्बन्ध थप तनावग्रस्त भएको थियो । दुवै देशका सरकार प्रमुखहरुले एकअर्कालाई चर्को अरोप लगाउँदै आएका थिए ।

modi-and-sarif

दुई देशबीच युद्धकै स्थिति पैदा भएको थियो तर आइतबार भारतीय प्रधानमन्त्री मोदीले जन्मदिनको शुभकामना दिँदै सुरु भएको पाकिस्तानसँग सम्बन्ध विकासको संकेतले भारत र पाकिस्तानमा नयाँ तरंग पैदा गरिदिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले जन्मदिनको शुभकामना दिएपछि पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले पनि खुसी व्यक्त गरेका छन् ।