आर्थिक

वायु सेवा निगमका वाइड वडी जहाज आउँदै

काठमाण्डौ । अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायसुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुईथान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ ।

अमेरिकी उड्यन सहयोग कम्पनी एएआर कर्पोरेसन ले नेपाली राष्ट्रिय ध्वजावहाक निगमलाई दुईथान ठूला आकारका वाइड बडी जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ)  का दरले उपलब्ध गराउने प्रस्ताव गरेको  छ ।

‘हामीलाइ प्राप्त १० कम्पनीको प्रस्ताव मूल्यांकन गर्दा एएआरको प्रस्ताव सबैभन्दा सस्तो रहेछ’ निगमका महाप्रबन्धक सुगतरन्त कंसाकारले भने ‘प्रतिजहाज १० करोड ४८ लाख डलरको प्रस्ताव सन् २०१६ को बजार भाउअनसुसार रहेको एएआरले उल्लेख गरेको छ ।’

महाप्रबन्धक कंसाकारका अनुसार अब पहिलो वाइड बडी जहाज आगामी २०७४ असोजमा र त्यसको ६ महिनापछि २०७५ बैशाखमा दोस्रो वाइड बडी जहाज काठमाडौं अवतरण गर्नेछन् ।