राजनीति

कुनैपनि हालतमा संबिधान संसोधन प्रस्ताब छलफल र पास हुंन दिदैनौ – अध्यक्ष ओली

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेकपा एमालेसहित ९ दलको सिँहदरबारमा बसेको बैठकले सरकार आफैंले बितण्डा मच्चाएर हिंडेकोले संबिधान संसोधन हुन नसक्ने बताएका छन् । सत्तापक्ष बिपक्षी दलहरुलाई धम्क्याउदै हिँसा फैलाउन अग्रसर भएकोले अब बिपक्षीहरु चुपलागेर बस्न नसक्ने अवस्था आएको बताएका छन् ।

सरकारले दर्ता गरेको संबिधान संसोधन प्रस्ताब संसदमा छलफल गर्न योग्य नभएको जिकिर गर्दै संबिधान संसोधन भन्दा तीनै तहको निर्बाचन घोषणा गर्नतिर लाग्न आग्रह गरेका छन् । ९ दलद्वारा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्बाचनमा केन्द्रीत हुने हो भने एमालेले पनि सहयोग गर्न तयार छ भनेका छन् । संबिधान संसोधन भने कुनै हालतमा संसदमा छलफल पनि नहुने र पास पनि नहुने ठोकुवा प्रमुख प्रतिपक्षि तदका नेता समेत रहेका ओलीको छ ।

माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी, नेवाः राष्ट्रिय पार्टी र मधेस समता पार्टी नेपाल लगायतका पर्टीहरु उपस्थित पत्रकार सम्मेलनमा नेमकिपाले भने बिगत देखिनै भारतको ईशारामा आएको संबिधान संसोधन प्रस्ताब फिर्ता नलिएसम्म संसद चल्न नदिने कुरा दोहोर्याएका थिए ।