खेलकुद

सातौ राष्ट्रिय खेलकुदमा बास्केटबल प्रतियोगिता सुरु

धरान– सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको बास्केटबल प्रतियोगिता पनि शनिबारदेखि धरानस्थित डिपो उच्चमाविको कोर्टमा सुरु भएको छ ।महिलातर्फ पश्चिमाञ्चल र मध्यमपश्चिमाञ्चलबीच भएको खेलमा ४५–१२ स्कोरले पश्चिमाञ्चल विजयी भयो ।

नेपाल आर्मी र मध्यमाञ्चल बीच भएको खेलमा ४४–२९ स्कोरले पछि पार्दै मध्यमाञ्चल विजयी बनेको छ । त्यस्तै तेस्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चलमाथि २३–११ को जित प्राप्त ग¥यो ।

त्यस्तै, पुरुष बास्केटबल तर्फ विभागीय टोली नेपाल आर्मीले पश्चिमाञ्चललाई ८२–५३ स्कोरले पराजित गरेको छ । मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलबीचको खेलमा ९५–४३ स्कोर गर्दै मध्यमाञ्चल विजयी बनेको छ ।

पुरुष बास्केटबलमा विभागीय टीमसहित ६ वटा टिमहरुले स्पर्धा गरिरहेका छन् भने महिला बास्केटबलमा ५ विकास क्षेत्रका टिमहरु सहभागी रहेका छन् ।