समाचार

श्रीमतीको हत्या गरेर आत्महत्या गरे थापाले

काठमाडौं । शनिबार बिहान करिब ११ बजे एक व्यक्ति हस्याङफस्याङ गर्दै भक्तपुरको महानगरीय प्रभाग खरीपाटी पुगे । ‘श्रीमतीलाई मैले मारिदिएँ’ प्रभागमा पुगेलगत्तै उनले भने ‘मैले पनि बिष खाएको छु ।’

चाँगुनारायण डाँडागाउका ४४ बर्षीय ज्योतिराज थापा त्यसरी आत्मसमर्पण गर्न प्रहरी कार्यालय पुगेका थिए । केहीछिनमै उनी छटपटाउन थाले । प्रहरीको एउटा टोली थापालाई लिएर अस्पताल गयो । अर्को टोली चाँगुनारायण ३ थापागाउँस्थित उनको घरतर्फ लाग्यो ।  उनले भनेअनुसार नै घरमा घाँटी रेटेर मृत्यु भएको अवस्थामा उनकी श्रीमती मुना भेटिइन् । खुकुरीले काटेर उनले श्रीमतीको हत्या गरेका थिए ।

आइतबारको नयाँ पत्रिकामा लेखिएको छ, भक्तपुर अस्पतालले ज्योतिराजको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि वीर अस्पताल रिफर गर्यो । तर वीर लैजाने क्रममा बाटामै उनको मृत्यु भयो ।