पु.समाचार

क्रिसमसको उपलक्षमा आईतबार सार्बजनिक बिदा

सुर्यखबर सम्बाददाता,
काठमाडौं । सरकारले आईतबार क्रिसमसको उपलक्षमा सार्बजनिक बिदा दिने जनाएको छ । गृहमन्त्रालयले शनिबार बिज्ञप्ती जारी गर्दै २५ डिसेम्बर(पौष १०) आईतबारका दिन सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

देश तथा बिदेशका कुटनीतिक नियोगहरुमा समेत लागू हुने भनिएको बिदा गत बर्ष कृश्चियन समुदायका लागि मात्र दिईएको थियो । क्रिश्चियन माहासंघले क्रिसमसका दिन साबर्बजनिक बिदा दिन माग गर्दै बिभिन्न समयमा सरकारलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।
काठमाण्डौ, पोखरा, धरान लगायतका बिभिन्न शहरहरुमा ठूला व्यापारिक स्थलमा ‘क्रिसमस ट्री’ लगायतले सजाएर आफ्चाडबाड मनाउन ब्यस्त भएका देखिन्छन् ।
्हिन्दू समुदायले भने क्रिश्चियन धर्म प्रचारकहरुले जबरजस्ति धर्म परिवर्तन गराउन गाँउ गाँउमा बाईबल बेचेर हिँडेको भनेर बेला बेला बिबाद समेत भईरहेको छ ।