समाचार

आयोगद्वारा पोखरालाई महानगर बनाइने प्रस्ताव सदर, विराटनगरलाई अमान्य

सुर्यखबर संवावाददाता,
काठमाडौं । स्थानीय तहको संख्या र सिमाना निर्धारणसम्वन्धी आयोगले देशभरमा दुई वटा महानगरपालिका हुने घोषणा गर्ने तयारी गरेको छ ।

पोखरा उप–महानगरपालिका र लेखनाथ नगरपालिकालाई एउटै बनाएर नयाँ महानगरपालिका घोषणा गर्ने तयरी गरिएको हो । काठमाण्डौ महानगरपालिकालाई यथावत राखिएको छ ।

विराटनगर उप–महानगरपालिलाई महानगरपालिका बनाउँने प्रस्ताव गरिएको भएपनि आयोगले उक्त प्रस्तावलाई अहिलेका लागि अमान्य ठहर गरेको छ । झापामा भएको स्थानिय तहको संख्या विवाद १० देखि १६ बनाउने सम्भावना रहेको देखिएको छ ।

झापामा विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरुले १८ वटा स्थानिय तहको माग गर्दै आएका थिए । यसको विवाद पनि चाँडै टुंगो लाग्ने स्रोतको दाबी छ । यस्तै, मूलुकको राजधानी काठमाण्डौमा काठमाण्डौ महानगरपालिकालाई यथावत राख्दै ८ वटा नगरपालिका बनाउँने प्रस्ताप आयोगले गरेको छ ।

भक्तपुरमा स्थानिय पुनःसंरचना गठन गरिएको नयाँ भक्तपुर उपमहानगरपालिका, ३ नगरपालिका सहित गठन गरी पुनर संरचना गरिने र ललितपुरमा एक उप महानगरपालिका यथावत राखि ६ स्थानिय तह पुनःसंरचना गरिने आयोग स्रोतको दाबी छ । आयोग स्रोतका अनुसार विवादित जिल्लाहरुमा चाँडै नै पुनःसंरचना सम्बन्धि संख्या र सिमांकन चाँडै टुंगो लाग्ने छ ।