सुर्यखबर संवाददाता,
काठमाण्डौँ । शुक्रबार सर्वोच्च अदालतमा आएर पेशी बुझेका अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले अबदेखि वारेस राख्न पाउने भएका छन् ।
यसअघि लोमान संगै पूर्ब कानुन सचिब प्रमोद कार्कीले आफैं अदालत आउनुपर्ने बाध्यता थियो ।
सो बाध्यताका बिरुद्ध वारेश राख्न सर्वोच्चमा निवेदन दिएका दुबै कार्कीहरुलाइ शुक्रबार तारेख बुझ्न अदालत पुगेपछि भने उनलाई वारेस राख्न अनुमति सर्बोच्च अदालतले दिएको छ ।
तारेख बुझ्ने क्रममा बिहिबार अदालत पुगेका कार्कीमाथि माओबादी नेत्रबिक्रम चन्दका बिद्यार्थि नेताहरुद्वारा कालोमोसो दलिएको थियो ।