आर्थिक

देशलाई लोडसेडिङमुक्त बनाउँनमा लागे कुलमान, नयाँ दिल्ली पुगेर गरे सम्झौता

सुर्यखबर संवावाददाता,
काठमाण्डौ । काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएर काठमाण्डौवासीका लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को प्रसंशनीय काम गरेका छन् ।

उनले भारतको नयाँ दिल्ली पुगेर विद्युत सम्झौतामा हस्ताक्षर गरेका छन् । यस विद्युत सम्झौतासँगै नेपाललाई लोडसेडिङमुक्त बनाउँने तयारी गरिएको छ ।
बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको एनभीभीएन विद्युत विकास निगमका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गबीच नयाँ दिल्लीमा ८० मेगावाट विद्युत खरिद सम्झौतामा हस्ताक्षर भएको छ ।

यही पुस १७ गतेदेखि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत् भारतले उपलब्ध गराउने थप ८० मेगावाट विद्युत ल्याइने छ । भारतबाट हाल सोही प्रसारण लाइनमार्फत ८० मेगावाट विद्युत् आयात भइरहेको छ । सम्झौताअनुसार २०१७ जनवरी १ देखि पहिलो चरणमा थप ४० मेगावाट विद्युत् आयात हुनेछ भने फ्रेबुअरी १ देखि थप ४० मेगावाट गरी कुल १६० मेगावाट विद्युत् आयात गरिनेछ ।

देशभर हाल एक हजार २८६ मेगावाट विद्युत् माग रहेको छ । मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने लक्ष्यका साथ सरकारले ५६० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ । गत आवमा भारतबाट ३४७ मेगावाट विद्युत् आयात गरिएको थियो ।