राजनीति

विराटनगर पुगेर माधव नेपालले दिए यस्तो सल्लाह

विराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधन प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए। मोरङको विराटनगर विमानस्थलमा बिहिबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले दलबीच छलफल गरी सहमतिमै संविधान संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने र निर्वाचनमा जानु नै अहिलेको गतिरोध अन्त्यको उत्तम विकल्प भएको धारणा राखे।

उनले आगामी २०७४ माघ ४ भित्र तीनै तहको निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचनको तयारीमा सरकार तीव्रताका साथ लाग्नुपर्नेमा जोड दिए । उनले भने– ‘मधेसी मोर्चाका केही नेताले पहाड र तराईलाई छुट्याउन खोजेका छन्, नेपाल सबै जातजातिको देश भएकाले हिमाल, पहाड र तराईलाई कुनै पनि हालतमा छुट्याउन हुँदैन ।’