पु.समाचार

काठमाण्डौ उपत्यकावासीका लागि खुसीको खबर

काठमाडौँ । जापानले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सुरुङ मार्ग निर्माण गर्ने निश्चित भएको छ । यातायात सञ्चालनका लागि उक्त सुरुङमार्ग निर्माण गर्न जापान र सरकारबीच बिहिबार सम्झौता भयो ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा अर्थमन्त्रालयमा उक्त सम्झौता भएको हो ।
यो सम्झौतासँगै लामो समयदेखि चर्चामा समित उक्त आयोजना बढ्ने निश्चित भएको छ ।

सन् २०१५ मा नै सम्झौता हुने र काम अघि बढ्ने भनिए पनि नाफा र घाटाको विषयमा रस्साकस्सीले दुई वर्ष समय खेर गएको छ । सम्झौतामा ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि जापानले ऋण उपलब्ध गराउने छ । शुक्रबारको कान्तिपुरमा लेखिएको छ , अपुग रकम नेपालले थप्दै आयोजना सम्पन्न गर्न योजना प्रस्तुत भएको छ । २.४५ किलोमिटर लम्बाई रहने सुरुङमार्ग जापनी सहयोग नियोग (जाइका)  ले अन्तर्राष्ट्रिय बिडिङमाफर्त निर्माण गर्नेछ । उक्त सुरुङमार्ग नागढुंगाको चेकपोस्ट नजिकको पाँटबाट धादिङसिस्ने खोलाको तल्लो भागमा निस्कनेछ ।

त्यसको लिंक रोड २.६ किलोमिटरको हुनेछ । काठमाडौँको सितापाइला र कलंकीको बीच भागमा रोडको लिंक रहने बताइए पनि प्वाइन्ट भने निर्धारण भएको छैन ।