राजनीति

न्यायालयलाई कुरा भन्दा बढी काम गरेर देखाउन डा.कोइालाको चुनौती

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले न्यायपालिका संवेदनशिल र जिम्मेवार नभएकाले मूलूक थप संबैधानिक जटिलतामा प्रवेश गर्ने खतरा भएको बताउएका छन्।

अहिले कार्यपालिका र ब्यवस्थापिका अराजक ढंगले प्रस्तूत भैरहेको समयमा न्यायपालिकाले त्यसलाई चेक एण्ड ब्यालेन्स गर्नूपर्नेमा त्यो हून नसकेको र न्यायपालिकाप्रति आमजनता बिस्वस्त हुन नसकेको पनि बताए।

६०औं बार दिवसको अवसरमा आयोजित ‘संबिधानको कार्यान्वयन, न्यायपालिका र बारको भूमिका’ बिषयक गोष्ठीमा आफ्नो धारणा राख्दै नेपाली काँग्रेस प्रभाबशाली नेता डा कोईरालाले प्रधानन्यायधिसलाई कुरा भन्दा पनि काम गरेर देखाउँन सांकेतिक रूपमा आग्रह गरेका छन्।

बार र बेन्च बिचको सम्बन्ध सहयोगी र सूमधूर हून अनिबार्य रहेको बताउँनुहूँदै कोईरालाले बारलाई निषेध गरेर अगाडी बढ्दा संबैधानिक जटिलता उत्पन्न हुने डा. कोईरालाको जिकिर छ।

डा. कोईरालाले भने, “अदालतले गरेका हरेक निर्णयलाई हामीले मानेकै छौं। अदालतलाई हामी पूर्ण सम्मान गर्छौं। तर यसको निर्णायक तहमा बस्नेहरूपनी अली बढी जिम्मेवार र संबेदनशिल हुनुपर्यो।”

कार्यक्रममा प्रमुख अतिथीको रूपमा उपस्थित प्रधानन्यायधिस सूसिला कार्कीले आफ्नो मन्तब्यको अधिकांस समय डा शेखर कोईरालाको भनाईको खण्डनमा खर्च गरेकी थिईन् ।

कार्यक्रममा एमाले नेता भिम रावल, सांसद रामनारायण बिडारी, कानुन मन्त्री अजयशंकर नायक, सांसद लक्ष्मणलाल कर्ण, बारका अध्यक्ष शेर बहादुर केसी लगायतले आफ्ना धारणाहरु राखेका थिए।