समाचार

चीनको यो मिसन पूरा भए नेपाल कस्तो होला ?

काठमाण्डौ । चीनले दक्षिण एसियासँग नजिकको सम्बन्ध राख्नका लागि आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै रेशम मार्गको अवधारणा अनुसार एक क्षेत्र एक मार्गको रणनीति अघि सारेको छ । तिब्बती भूमिलाई दक्षिण एसियातर्फ छिर्ने ढोका र नियाल्ने झ्यालको रुपमा व्याख्या गर्दै आएको चीनले तेह्रौं पञ्चवर्षीय योजना अनुसार रेशमी राजमार्गको सपनासहित एक क्षेत्र एक मार्गको अवधारणलाई विशेष जोड दिएको छ ।

दक्षिणी रेशमी मार्गको अवधारणाअनुसार सो अभियानले विशेषगरी नेपाल, भारत, म्यानमार, भुटान लगायतका मुलुकहरु समेटिनेछन्,जसले यी मुलुकहरुलाई बाँकी एसिया र विश्वसँग सम्बन्ध गाँस्न सहज हुने चीनको विश्लेषण छ ।

चीनको यो सपनालाई साथ दिने तिब्बतको पछिल्लो तथ्यांक अनुसार (सन् २०१५) क्षेत्रीय उत्पादित ग्राहस्थ मात्रा पहिलोपटक एक खर्ब चिनियाँ युआनभन्दा बढी भएको चिनियाँ सञ्चारमाध्यामहरुले बताउँदै आएका छन् । २३ वर्षसम्म लगातार दोहोरो अंकले ग्राहस्थ उत्पादनमा बृद्धि हुँदै आएको यसमा सन् २०१४ को तुलनामा ११ प्रतिशतले बृद्धि भएको बताइएको छ ।

यसरी आर्थिक रुपमा समेत निकै अघि बढिरहेको तिब्बतले नेपालभन्दा करिब ४ सय किलोमिटरको नजिकमा रेलवेसम्म निर्माण गरिसकेको छ । सिगात्सेसम्म आएको रेलमार्गलाई नेपाल–तिब्बतको सीमामा जोड्ने उसको सन् २०१५ सम्मको योजनामा भने केही ढिलाई भएको बताइएको छ ।

यद्यपि,चीनले यो योजनालाई केरुङसम्म ल्याउने तीव्र तयारी गरिसकेको छ । योसँगै चीनले दक्षिण एसिया जोड्ने रेशमी मार्गलाई यही रेलवेसँग जोड्दै लैजाने नेपाल–चीन मामलामा दख्खल राख्ने व्यक्तित्वहरुको भनाई छ ।

silk-road

केही समयअघि  तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष लोसाङ च्याङ छुनले समेत दक्षिण एसियासँग जोडिने रेशमी मार्ग अभियानको सपनासँग खुसी साटेका थिए । उनले भनेका थिए, ‘दक्षिण एसियातर्फ खुला हुने यो महत्वपूर्ण बाटो र झ्यालको निर्माण गर्ने कुरा हाम्रो तिब्बतका लागि ज्यादै महत्वपूर्ण अवसर हो ।’ चिनियाँ सञ्चारमाध्यमहरुले उनको भनाई उदृत गर्दै भनेका छन् ।

प्राचीनकालदेखिनै दक्षिण एसियासँग जोडिएको तिब्बत र यसमार्फत हुन लागेको रेशमी राजमार्गको यो महाअभियानले नेपाल र भारत लगायतका मुलुकहरुलाई ठूलो उपलव्धी हुने नेपाल चीन मामला जानकारहरु बताउँछन् ।

एक क्षेत्र एक मार्गको रणनीतिमा नेपालका काठमाण्डु र भारतको दिल्लीमात्र होइन,भुटान लगायतका दक्षिण एसियाका मुलुकहरु पर्नु व्यापारिक दृष्टिकोणले मात्र होइन, बाँकी विश्वसँग जोडिने हिसावले समेत महत्वपूर्ण फड्को भएको नेपाल–चीन मामलामा दख्खल राख्ने कुटनीतिज्ञहरुको भनाई छ । चीनले दक्षिण एसियामात्र होइन, विश्वका अन्य मुलुकहरुसँग जोडिनका लागि सामुद्रिक रेशमी मार्गको अवधारणालाई समेत अघि बढाइरहेको छ