पु.समाचार

लोकमानको योग्यताबारे बिहीबार सर्वोच्चमा बहस हुँदै

काठमाण्डौ । लोकमानसिंह कार्कीबारे बिहीबार सर्वोच्च अदालतमा बहस हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारबिहीन प्रमुख कार्कीको सो पदका लागि योग्यता नपुगेको भनी परेको रिटका सम्बन्धमा बहस हुन थालेको हो ।

योग्यता नपुगेको भनि दायर रिट निवेदन खारेज भएपनि त्यसलाई तत्काल पुनरावलोक गर्न भनी सर्वोच्च अदालतले आदेश दिएको थियो ।  सर्वोच्च अदालतले यो बिषयलाई दुवै पक्षका कानुन व्यवसायीले हटाउन नपाउने गरि आदेश जारी गरिसकेको छ । नेपाल बार एसोसिएसनले भने बिहीबार बार डे परेकाले मुद्दा हटाउन चाहेका कानुन व्यवसायीले निवेदन दिएमा सो निवेदनबमोजिम गर्न अनुरोध गर्दै सर्वोच्च अदालतलाई पत्र पठाएको छ ।

अधिकारविहीन अवस्थामा रहेका प्रमुख आयुक्त कार्कीविरुद्ध रिट निवेदन दायर गर्ने अधिवक्ता ओमप्रकाश अर्यालले नेपाल बारले त्यसरी पत्र पठाएको भएपनि नहटाउन आदेश भएका कारण उक्त विषयको छलफल नरोकिन सक्ने बताएका छन् ।