आर्थिक

बुढीगण्डकी आयोजनामा हस्तक्षेप

काठमाडौँ । उर्जा उत्पादनमा राणनीतिक महत्व बोकेको बहुचर्चित बूढीगण्डकी जलाशययुक्त आयोजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपले प्रभावित हुने भएको छ ।

तत्काल निर्माण अघि बढाउने सकिने विस्तृत आयोजना प्रतिवेदन –डिपिआएर० समेत तयार भइसकेको बूढीगण्डकी आयोजनालाई असर गर्ने गरी क्षमता विस्तारबारे अनुसन्धानका नाममा अख्तियारले हस्तक्षेप गरेको हो ।

कुनै पनि जलविद्युत् आयोजनामा क्षमता सहसचिव एवं प्रवक्ता गणेशराज कार्की भने अनुसन्धान टुंगिएपछि मात्र अख्तियारमा विचाराधिन मुद्दाहरुबारे बताउन सकिने बताए ।

कारोबार दैनिकले बिहीकार लेखको छ, ६ सय मेगावाटको क्षमतलाई १ हजार दुई सय मेगावाट पुर्याइएको बारे अख्तियारले बूढीगण्डकी विकास समिति तथा नेपाल विद्युत प्राधिकरणसँग् विवरणहरु मागेर छानविन अघि बढाएको छ ।

विकास समितिमा हस्तान्तरण हुनुअघिका सबै विवरणहरु प्राधिकरणले अख्तिकारमा दिइसकेको प्राधिकरणका एक अधिकारीले बताएका छन् ।