पु.समाचार

रिजालको अध्यक्षतामा फूटवेयर एसोसिएसनको गठन

सुर्यखबर संबाददाता,
कठमाण्डौ । राजधानीमा एक कार्यक्रमका बीच फूटवेयर एसोसिएसन गठन भएको छ । जुत्ता चप्पलको सेल्स र बजार क्षेत्रमा रहेर काम गर्दै आइरहेका सम्पूर्ण सेल्स र बजार सँग सम्बन्धित पेशागत कर्मचारीहरुको हक हितका साथै संस्थागत हितलाई समेत मध्यनजर गर्दै एउटै छाता मुनि बस्ने उद्देश्यले गणेशप्रसाद रिजालको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको संघले जनाएको छ ।

स्वदेशि उत्पादनलाई प्रोत्साहन तथा प्रवर्धन गर्न सथापित भएको फूटवेयर ईन्डस्ट्रिजका उत्पादनहरुलाई आम उपभोक्ता माझ पु¥याउने उद्देश्यले एसोसिएसनको देशकै ठूलो हिस्सा ओगटि आत्म निर्भर बन्दै गएको अवस्थालाई मध्यनजर गरि अघि बढ्ने नबगठीनत अध्यक्ष रिजालले बताएका छन् ।

कर्यसमितिमा प्रथम उपाध्यक्ष— रेशम भण्डारी, द्वितिय उपाध्यक्ष— अर्जुन घिमिरे, सचिव— अर्जुन खनाल, सह—सचिव— पूष्पकमल अधिकारी, कोषाध्यक्ष— रजत सिंह महर्जन त्यस्तै सदस्यहरुमा नविन गिरी, दिपक झा, श्याम मण्डल, सुरज कोईराला, बालकृष्ण घिमिरे रहेका छन् भने प्रवक्तमा उपाध्यक्ष रेशम भण्डारीलाई तोकिएको नबगठीत संघले जनाएको छ ।