पु.समाचार

चीनले दियो फेरि नयाँ संकेत

काठमाडौं । चीनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमूख लिउ छिबाओले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र छिबाओबीच नेपाल र चीनबीच सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध बिस्तारबारे कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्रीले नेपाल र चीनबीचको राजनीतिक, आर्थिक, सामाजिक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी दिए । सो अवसरमा प्रधानमन्त्रीले नेपाल चीनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको भन्दै त्यसको जानकारी राष्ट्रपति पिङ्लाई गराउनु हुन पनि छिबाओसँग अनुरोध गरेका थिए ।

भेटमा चीनियाँ कम्युनिष्ट पार्टीका नेता छिबाओले नेपाल र चीनबीचको पुरानो सम्बन्धबारे चर्चा गर्दै नेपालले अख्तियार गर्दै आएको एक चीन नीतिका लागि चीनका तर्फबाट धन्यवाद दिए । सो अवसरमा छिबाओले नेपाल र चीन जोड्ने उत्तरी नाकाबारे चीन अत्यन्तै सकारात्मक रहेको भन्दै आपसी समझदारीमा काम अघि बढाउनुपर्ने धारणा राखेको श्रोतले बताएको छ ।