राजनीति

प्रचण्डकै अगाडि ओलीले दिए कडा चेतावनी, लगत्तै प्रचण्डले फर्काए यस्तो जवाफ !

काठमाण्डौ । सोमबार सभामुख ओनसरी घर्तीको आव्हानमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष टुंगिएको छ । बैठकमा शीर्ष नेताहरुबीचमै निकै चर्काचर्की भएपछि बैठक विनानिश्कर्ष टुंगिएको हो ।

बैठकमा सबैभन्दा बढी एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको संविधान संशोधन विद्येयक विरुद्ध आक्रोश पोखेका थिए ।

अध्यक्ष ओलीले जबरजस्ती संविधान संशोधनको प्रस्ताव संसदमा पेस गरे कसैलाई पनि राम्रो नहुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अघि कडा चेतावनी दिएका थिए ।

अध्यक्ष ओलीले एमालेको चर्को विरोध हुँदाहुँदै संसदमा संशोधन विद्येयक पेस गर्ने चेष्टा गरे त्यसले नराम्रो परिणाम ल्याउन सक्ने भन्दै प्रधानमन्त्री दाहाललाई नै कडा चेतावनी दिनुभएको बताइएको छ ।

एमाले अध्यक्ष ओलीको भनाईपछि आफ्नो भनाई राख्ने क्रममा प्रधानमन्त्री दाहालले भने एमालेले आफुलाई संकट पर्दा कहिल्यै सहयोग नगरेको गूनासो गरेका थिए ।

उनले एमालेले जति विरोध गरेपनि आफुले संशोधन प्रस्ताव सदनमा पेस गरेरै छाड्ने अडान लिएको श्रोतले बताएको छ ।
बैठकमा उपस्थित कांग्रेस सभापति शेरबहादुर देउवाले भने त्यति धेरै अडान नराखेको जनाइएको छ । शीर्ष नेताहरु बीचमै चर्काचर्की भएपछि तीन दलको बैठक विनानिश्कर्ष टुंगिएको थियो ।