पु.समाचार

न्यायाधीश नियुक्तिका सम्बन्धमा प्रधानन्यायाशीको नयाँ प्रतिक्रिया

काठमाण्डौ । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश नियुक्ति गर्दा नवीन सोच राखी समानुपातिक र समावेशी तरिकाले गर्ने बताएकी छन् ।  न्याय परिषद्को २६औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजना गरिएको ‘न्याय परिषद् बुलेटिन’ सार्वजनिक गर्ने कार्यक्रममा उनले नवीनतम सोचका साथ समावेशी तरिकाले न्यायाधीश नियुक्ति गर्ने दाबी गरिन् ।

प्रधान न्यायाधीश कार्कीले विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै परिषद्लाई आएका सकारात्मक टिप्पणीलाई ग्रहण गर्न अग्रसर रहेको उल्लेख गरिन् ।

सबैलाई न्यायमा पहुँच पु¥याउनका लागि न्याय परिषद् दिवसले थप जिम्मेवारी र क्रियाशील बनाउने विश्वास पनि उनले व्यक्त गरिन् ।
प्रधान न्यायाधीश कार्कीले परिषद्ले प्रकाशन गरेको न्यायपरिषद् बुलेटिनको सार्वजनिक गरेकी थिइन् । न्याय परिषद्का सचिव कृष्ण गिरीले न्यायपरिषद्ले न्यायाधीश नियुक्ति, अनुशासन, कारबाहीलगायतका काम गर्दै आएको जानकारी दिइन् ।

सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायक, सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुली, लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीलगायत कानुन व्यवसायीको उपस्थिति रहेको थियो ।