समाचार

हिउँ पहिरोपछि उपल्लो मुस्ताङमा भीषण बाढी

काठमाडौँ । हिमालपारीको जिल्ला मुस्ताङमा हिउँ पहिरोपछि भीषण बाढी आएको छ । उपल्लो मुस्ताङमा पर्ने घमी गाविसको ढाक्मार गाउँमा ठूलो बाढी आएको हो । हिउँ पग्लेर आइतबार विहान एक्कासी आएको बाढीले ढाक्मार क्षेत्रका आठवटा काठका पुल बगाएको छ ।

यस्तो ठूला–ठूला ढुंगा खसेर जोमसोम लोमान्थाङ सडक अवरुद्ध बनेको मुस्ताङका प्रजिअ भीमराज पोखरेलले बताए । अहिलेसम्म मानवीय क्षतिको विवरण भने नआएको बताउँदै सोमबारको नेपाल समाचार पत्रमा समाचार प्रकाशित छ ।