आर्थिक

प्रचण्ड सरकारद्वारा आईतबार १२ बजेदेखि लागु हुनेगरी ईन्धनमा भारी मुल्यबृद्धि, उपभोक्ता मारमा

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । गत मंसीरमा प्रतिलिटर आठ रुपैंया मुल्य घटाएको नेपाल आयल निगमले आईतबार राती १२ बजेबाट लागु हुनेगरी ईन्धनमा ४ रुपैंया ५० पैसा बढाएको जनाएको छ ।

भारतीय आयल निगमले मुल्य बढाएपछि उक्त मुल्य बृद्धि गर्नुपरेको नेपाल आयष्ल निगमका प्रवक्ता भानु खनालले बताएका छन् ।

पेट्रोल, डिजेल र मटितेलमा ४ रुपैयाँ ५० बढाएको बताएपनि हवाई ईन्धन र एलपी ग्याँसको मूल्य यथावत नै राखिएको निगमले बताएको छ । पेट्रोलको दाम १ सय १ रुपैंया ५० पैसा पर्छ भने डिजेल र मट्टीतेलको मुल्य ७७ रुपैया ५० पैसा पर्ने गरी मुल्य बृद्धि गरिएको छ ।

प्रतिलिटर हवाई इन्धन (आन्तरिक तर्फ) ८६ रुपैयाा र अन्तर्राष्ट्रिय तर्फ प्रतिहजार ७ सय ५० डलर हुनेगरी अन्तराष्ट्रिय रुपमा नै मुल्यबृद्धि भएपछि आईओसीले मुल्यबृद्धि गरेको र त्यही अनुसार नेपाल आयल निगमले मुल्य बढाएको जनाईएको छ ।
मुल्यबृद्धिपछि उपभोक्ता भने मारमा परेका छन् ।