आर्थिक

प्रभु बैंकको नयाँ साखा अब मनाङमा

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । आईतबारबाट संचालन हुनेगरी प्रभू बैंकले दिन मनाङ जिल्लाको चामे मा आफ्नो साखा खोलेको छ । UK Aid “सक्षम” को सहकार्यमा बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् । यसका साथै धारापानी, अपर मनाङ, ताल, ढुकुरपोखरी र पिसाङमा शाखा रहित बैंकिङ्ग सेवापनि सञ्चालनमा ल्याइएकोे छ ।

मनाङमा बैंकको शाखा र शाखा रहित सेवा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएको बैंकले जनाएको छ।