समाचार

काउन्सीलद्वारा अनलाइन, रेडियो, टेलिभिजनबाट प्रसारित सामग्रीको २४ घण्टा अनुगमन हुने

सुर्यखबर सम्बाददाता,

काठमाडौं। प्रविधि तथा प्रणालीको काठमाडौं÷आज राजाधानीमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्कीले बिद्युतीय सञ्चारमाध्यमको अभिलेखिकरण तथा अनुगमन गर्ने उपकरणको उद्घाटन गरे पश्चात टेलिभिजन, रेडियो, अनलाइनको अभिलेख गर्ने तथा सोको २४ सै घण्टा अनुगमन गर्ने कार्यको थालनी भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सञ्चारमन्त्री कार्कीले सञ्चारमाध्यमलाई राजनीतिक आस्थाले प्रभाव पार्दा एउटै घटनामा चारथरी न्यूज आउने गरेको धारणा राख्दै नयाँ उपकरण÷प्रणालीले विद्युतीय सञ्चारमाध्यमको अभिलेख, अनुगमन कार्यमा सहजता ल्याउने बिचार ब्यक्त गरेका थिए । काउन्सिलले कार्यमा सक्दो प्रयास गर्ने बताउँदै बिद्युतीय माध्यमको बर्गीकरण गर्न आग्रह समेत गरेका थिए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले हालै जडित आधुनिक उपकरणबाट नेपालको सञ्चारमाध्यम संधै प्रेस काउन्सिलको नजरमा रहने, मिडियालाई नियन्त्रण होईन–आचारसंहिताको पालना गराउन सल्लाह दिने कार्यमा निरन्तर लागिपरेको वताए ।

पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले बिद्युतीय सञ्चारमाध्यमले आफ्नो इतिहास खोज्दा नभेटिने अवस्था रहेको बेला काउन्सिलले बिद्युतीय माध्यमको अभिलेख गर्ने प्रणालीको थालनी गर्नु महत्वपूर्ण उपलब्धी भएको बिचार ब्यक्त गरेका थिए ।

यो प्रविधिवाट १६ वटा टेलिभिजन, अनलाइनवाट प्रसारित २०० वटा एफएम र ५०० वटा अनलाइनबाट प्रसारित सामग्रीको २४ सै घण्टाकोे अभिलेख राख्न सकिने कार्यपत्र कार्यक्रममा पेश गरिएको थियो ।