समाचार

संक्रान्ती बजारमा आगलागिका कारण २९ घर जलेर नष्ट, करोडौको क्षती

सुर्यखबर सम्बाददाता,
तेह्रथुम । तेह्रथुमको आठ्राईको संक्रान्ती बजारमा आगलागिका कारण २९ घर जलेर नष्ट भईसकेका छन्, तीनवटा घर भने आगो अन्यत्त सल्कन नदिनकाा लागि डोजरले भत्काईएको थियो । २७ वटा पसल समेत जलेर नष्ट भएका छन् ।

स्थानीय जनता, नेपाल प्रहरी र शसस्त्र प्रहरी आगो निभाउन प्रयास सफल भएको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताए।

दुईवटा दमकल भएपनि पानीको समस्या र बाटो साँघुरो भएका कारण १२ बजे सल्किएको आगो अपरान्हमात्र नियन्त्रणमा आएको थिायो ।

आगो नियन्त्रण गर्न गाह्रो भएपछि पाँचथरको फिदिमबाट आएका नेपाली सेनाले समेत सहयोग गरेका दृष्यहरु देखिएका थिए ।