समाचार

तेह्रथुममा आगलागिका कारण ५ घर नष्ट, हावाहुरीका कारण अझै आगलागि नियन्त्रण हुन सकेन

सुर्यखबर सम्बाददाता,
तेह्रथुम । तेह्रथुमको आठ्राईको संक्रान्ती बजारमा आगलागिका कारण ५ घर जलेर नष्ट भईसकेका छन् । आगलागिको कारण खुल्न नसकेपनि अझै हावाको बेगसंगै जलिरहेको संचारमाद्यमहरुले बताईरहेका छन् ।

स्थानीय जनता, नेपाल प्रहरी र शसस्त्र प्रहरी आगो निभाउन प्रयास गरिरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताएका छन्। दुईवटा दमकल भएपनि पानीको समस्या र बाटो साक्ष्घुरो भएका कारण आगलदाी नियन्त्रण गर्न गाह्रो भएको देखिएको छ ।

अग्नि सेढार्इंको घरबाट शुरु भएको आगलागीमा परी सँगै रहेका बद्री सेढार्इं, दिपेश सिटौला, अमृत गहतराज र देवेन्द्र पाहीमका घरहरु जलेर नष्ट भएको बताईएको छ ।

आगलागि भएको घरको घेउमा डोजरले घर भत्ककाएर आगलागि नियन्त्रण प्रयास गरिएको स्थानीयले बताएका छन् । आगलागि भएको स्थान सदरमुकाम म्याग्लुङबाट एक दिन पैदल यात्रा गर्नुपर्छ ।