पु.समाचार

संबिधान संसोधनमा कुरा नमिले मोर्चाले सरकारको समर्थन फिर्ता लिने संकेत, प्रधानमन्त्री अप्ठ्यारोमा

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । मधेसी मार्चाले ठूला दलका शीर्ष नेताहरुसंग फोनवार्ता गरेको छ । ठूला दलहरु नेपाली काँग्रसका सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री पुष्पकमल दाहालसंग मार्चाका नेताहरुले टेलिफोनमा कुराकानी गरेको बताईएको छ ।

ठूला दलका शीर्ष नेताहरुले केहि दिन अगाडिमात्र संबिधान संसोधन बिधेयकलाई थाँती राखेर बाँकी बिषयहरुमा संसदमा छलफल गर्ने सहमति भएपश्चात मोर्चा संसोधनको बिषयमा सशंकीत भई ठूला दलका शीर्ष नेताहरुसंग अन्तिम छलफलमा बस्न टेलिफोन वार्ता गरेको बताईएको छ ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बताए अनुसार शुक्रबार र शनिबार मोर्चाका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्नेछन् । भेटमा संबिधान संसोधनको बिषयमा अन्तिम गफ गर्ने र त्यसपछि मोर्चाको बैठक बसी मार्चाको आगामी दिनहरुमा गर्ने रणनीतिका बारेमा छलफल गरेर अगाडि बढ्ने मोर्चाका एक नेताले सुर्यखबरलाई बताए ।

पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको मधेसी मोर्चाले संबिधान संसोधनमा प्रधानमन्त्रीले काम अगाडि बढाउन नसके सरकारको समर्थन फिर्ता लिने अनुमान समेत लगाईएको छ ।

संबिधान संसोधन प्रस्ताबको बिषयमा छलफल गरे बलियो प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्ने र संसोधन प्रस्ताव फिर्ता लिए मधेसी मार्चाले सरकारको समर्थन फिर्तामात्र नगराई तराईमा पुनः आन्दोलन चर्काउने सम्भाबना छ ।

सरकारले बर्तमान राजनीतिक समस्याको निकासका लागि कस्तो रणनीति लिन्छ, त्यो भने चाँडै नै देखिने नै छ । एमाले अध्यक्ष केपी ओलीसंग रिसाएको मोर्चा उनीसंग भने तत्काल भेट गर्ने योजनामा नभएको श्रोतको दाबी छ ।