आर्थिक

चन्द्रागिरि केवलकारको औपचाकि उद्घाटन सम्पन्न

सुर्यखबर सम्बाददाता,
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।

श्रावण २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केवलकारको प्रधानमन्त्रीले बिहिबार ताम्रपत्र अनावरण गरेर उद्घाटन बिधिवत रुपमा उद्घाटन भएको होे ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै प्रधानमन्त्री दाहालले प्रकृतिले हामीलाई धेरै चिज दिएको छ । सोच र इच्छाशक्तिका साथै त्यसमा विज्ञान, प्रविधि र पूँजी भयो भने नेपालमा छिट्टै चामत्कारिक विकास हुने भन्दै ‘चन्द्रागिरि हिल्स’ त्यसैको उदाहरण भएको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले बताएका थिए ।

कार्यक्रममा बन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले निजि क्षेत्रलाई सहयोग गर्न सरकार सदैव तयार रहेको बताएका थिए । अहिले विकास प्रति सकरात्मक
चिन्तन हुनुपर्ने बताउनुभयो । कार्यक्रमलाई सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी र विज्ञान तथा वातावरण मन्त्री जयदेव जोशीले सम्बोधन गरेका थिए ।

नेपाल उद्योग बाणिज्य महासंघकी कार्यबहाक अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शकाअध्यक्ष डा.राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष शतिसकुमार मोरले पनि कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

चन्द्रागिरि केवलकार निर्माता कम्पनी डोपलमेयरका प्रतिनिधि पिटर भोजलम्यानले चन्द्रागिरिको व्यावस्थापनले व्यवसायिक महत्व बुझेकै कारण समयमा काम सम्पन्न भएको धारणा राखेका थिए ।

कार्यक्रमका सभापति तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले नेपालमा आउने विदेशी पर्यटकहरुको बसाई एक दिन लम्बाउन चन्द्रागिरि हिल्स सफल हुदै गएकोले निजि क्षेत्रबाट संचालित यस्ता परियोजनाहरुमा सरकारको पूर्ण सहयोग प्राप्त भएमा नेपालको पर्यटन क्षेत्रलाई नेपालको क्षमता अनुसार विस्तार गर्न त्यति कठिन नरहेको धारणा व्यक्त गरेका थिए ।