आर्थिक

आयल निगमभित्र भएको अनियमितताबारे नयाँ खुलासा

काठमाडौँ । नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको पाइएको छ । व्यवसायीको प्रभावमा निगम व्यवस्थापनले सञ्चालक समिति छलेर अनुमति दिइरहेको ।

‘२०६९ सालबाट पहाडी र ग्रामिणबाहेक राजमार्ग र सहरमा नयाँ पम्प अनुमति बन्द गरिएको छ,’ सञ्चालक समितिका एक सदस्यले भने,‘उक्त निर्णयको वेवास्ता गर्दै पम्प सञ्चालनको अनुमति दिइएको छ।

अनुमति दिइएका अधिकांश पम्प राजमार्ग र सहर आसपास छन् । नयाँ पम्पलाई इजाजत दिनुपूर्व सार्वजनिक सूचनासमेत जारी गर्नुपर्छ । नापतौल तथा गुणस्तर विभागसँग समन्वय पनि गर्नुपर्छ ।

उक्त व्यवस्थालाई पन्छाउँदै २०६९ यता निगम व्यवस्थापनले जथाभावी रूपमा पम्प सञ्चालनको लागि अनुमति दिएको खुलासा गर्दै बिहीबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।