राजनीति

काँग्रेस समय लम्ब्याएर सांसद खाने योजनामा छैन, चुनाव हुन्छ, तयारीमा लाग्नुस

सुर्यखबर सम्बाददाता,

चितवन । सरकार घटक मुख्य दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि हालतमा चुनाव हुने भएको हुँदा तयारीमा लाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । माघ ७ गते सम्ममा संसदको निर्बाचन गर्नुपर्ने बाध्यता भएकोले त्यो भन्दा अगाडि स्थानीय निकायको निर्बाचन हुनेमा शंका नगरी तयारीमा सबै लाग्नुपर्ने पूर्बप्रधानमन्त्री समेत रहेका देउवाको भनाई थियो ।

नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिलासंघ तीन नंम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका देउवाले आफूहरु समय लम्ब्याएर सांसद खाने उद्येश्यमा नरहेको स्पस्ट पारेका छन् । संसद अबरोध गरेकोमा एमालेसंग रोष प्रकट गर्दै देउवाले, एमाले अध्यक्ष केपी ओलीसंग निर्बाचनका बिषयमा आफूले कुरा गरेको बताएका छन् ।

एमालेले निरन्तर संसद अबरुद्ध गरे आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा रहेकोले एमालेले मधेसी जनताको हित बिपरीत हिड्ने परिपाटी हटाई संसद खोल्नुपर्ने धारणा राखेका थिए ।
एमालेले भने बुधबारमात्र नारायनमान बिजुक्छेसंग बैठक बसी झनै आन्दोलन चर्काउने सहमति गरेका छन् ।