राजनीति

विजय गच्छदार लभन्छन् राष्ट्रिय मुद्धाहरुमा प्रमुख दलहरु एक हुनुपर्छ

विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि तीन दलबीच सहमति भएपछि असन्तुष्ट पक्षसँग सहमति गरेर संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने विषयमा जोड दिए।

उनले संविधान कार्यान्वयन भएन भने राजनीतिक उपलब्धि पनि गुम्ने भएकाले सीमाङ्कनलगायतका विषयमा संविधान संशोधन गरी स्थानीय निकायको निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘संविधान संशोधन गर्नु नै छ भने कैलाली, कञ्चनपुरको थारुको मागलाई सम्बोधन गर्नुका साथै पूर्वका सतार र राजवंशीको पहिचानलाई पहिचान कायम गरी अलग्गै प्रदेश निर्माण गर्नुपर्दछ।’

उनले संविधान जारी हुनु अगावैदेखि मुख्य तीन दलको प्रष्ट धारणा नआएको र यतिखेर पनि यी दलहरुले दोहोरो भूमिका खेलिरहेको आरोप लगाए।

नेकपा ९एमालेले संसद् अवरुद्ध गरिरहेको सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा उनले लोकतान्त्रिक मुलुकमा आफ्ना माग राखेर गरिएका संसद् अवरुद्धलाई अन्यथा लिनु नपर्ने विचार प्रकट गरे।