आर्थिक

उर्जामन्त्री ज्यू, तपाईलाई १० करोड घुस अफर गर्ने ५ जना को हुन? सार्बजनिक गरेर कारबाहि गर्नुपर्यो ?

सुर्यखबर सम्बाददाता, 

बिराटनगर । उर्जामन्त्री जनार्दन शर्माले आफूलाई बिद्युत प्राधिकरणको सिईओ बनाईदिए १० करोड घुस दिने अफर गरेको हुंदा पनि नमानेको दाबी गरेका छन् । उद्योग बाणीज्यसंघ मोरङद्वारा आयोजिक कार्यक्रममा भाग लिन  बिराटनगर पुगेका माओबादी केन्द्रका नेता समेत रहेका शर्माले उक्त कुरा बताएका हुन् ।

मोरङको रंगेलीमा स्थानीय उपभोक्ता र बिद्युत प्रधिकरणका कर्मचारीबिचको छलफल कार्यक्रममा आफू पैसा कमाउन भन्दा पनि जनताका काम गर्नको लागि राजनीतिमा आएको हुंदा उक्त काम नगरेको बताएका थिए ।

उर्जासचिब अनाुप उपाध्याय र बिद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंगै बुधबार अन्तरकृया कार्यक्रममा उपस्थित भएका मन्त्री शर्माले बिद्युत चोरी गर्नु कानुनी अपराध भएकाले लाठी लगाएर भन्दा स्थानिय उपभोक्ताको सकृयतामा बिद्युत चोरी बन्द गरिने अभियानमा उर्जामन्त्रालय र बोर्ड लागेको बताएका छन् ।

कार्यकारी निर्देशक बनाउन ५ जना ब्यक्त भनेपनि १० करोड घुस मागेको बताएपनि कसले घुस मागेको भनेर नाम भने भनेनन् । लोडसेडिङ हटाउनु राम्रो कार्य भएपनि १० करोड घुस मागेको भनेर भन्नु गलत भएको  एक राजनीतिज्ञले सुर्यखबरलाई बताए ।

राजनीतिज्ञका अनुसार मन्त्री जस्तो मान्छेलाई घुसको अफर आएपछि कित यो कुरा सार्बजनिक नै गर्नु हुदैनथ्यो सार्बजनिक गरेपछि, घुस कसले मागेको हो, त्यो पनि खुलाउन जरुरी छ । वा उनले लोकप्रीयताका लागि त्यतीकै मनगणन्ते कुरा गरेका हुन् भन्ने पनि बुझ्न सकिन्छ ।
उनले घुस माग्ने ब्यक्ती वा संस्थाको नाम सार्बजनिक नगरेमा संबन्धित निकायमा मुद्धा दर्ता गर्ने समेत उनले बताएका छन् ।
पृथ्बीनारायण शाहले ‘घुस दिेन्या र लिन्या’ दुबै देशका शत्र हुन् भने जस्तै घुस खुवाउन प्रलदोभनमा पार्नेलाई पनि कारबाही गर्ने कि ?