राजनीति

देउवा र प्रचण्डको चेपुवामा ओली, संसदमा भीडन्त हुने संकेत

सुर्यखबर सम्बाददाता,
काठ्माण्डौ । सिंहदरबारमा मंगलबार एमालेसहित ८ दलको बैठक बस्यो । उक्त बैठकले संबिधान संसोधन प्रस्ताब फिर्ता नलिए सम्म कुनैपनि हालतमा संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।

सोमबारमात्र एमाले समर्थक कर्मचारी संगठनको अधिवेसन उद्घाटनमा बोल्दै संबिधान संसोधनका बिरुद्धमा खनिएका ओलीले मंगलबार ८ दलको बैठक राखी संबिधान संसोधन बिधेयक फिर्ता नभएसम्म सदन चल्न नदिने निर्णय गराएका छन् ।

सरकार घटक दलहरु कांग्रेस र माओबादी केन्द्रले कुनैपनि हालतमा संबिधान संसोधन बिधेयक फिर्ता नलिने बताइरहेका बेला एमालेले ८ दलबीचमा सहमति गराएर संबिधान संसोधन बिधेयक फिर्ता नलिए संसद कुनैपनि हालतमा चल्न नदिने निर्णय गर्नुले दलहरुबीचमा अझ थप द्वन्द्व हुने संकेत देखिएको छ ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले आन्दोलनलाई अझ शसक्त बनाउने, संसोधन प्रस्ताब फिर्ता नलिएसम्म संसद अबरुद्ध गर्ने बैठकको निर्णय पत्रकारहरुलाई सुनाएका थिए ।
सोमबार एक कार्यक्रममा बोल्दै सरकारको मुख्य घटक काँग्रेस सभापति शेरबहादुर देउवाले कुनैपनि हालतमा संबिधान संसोधन बिधेयक फिर्ता नलिने बताएका थिए, भने उही कार्यक्रममा एमालेले पहाडे र मधेसीको झगडा लगाएर मुलुकलाई बर्बाद गर्न खोजेको आरोप समेत देउवाको थियो ।
मंगलबारको बालुवाटार बैठकमा भेला भएका माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देऊवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको भेट भएर समसामायीक राजनीतिक समस्या र समाधानका बारेमा छलफल भएपनि सहमती हुन सकेन ।

एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेपाल परिवार दल, नेपाः पार्टी, राष्ट्रिय जनमुक्ति (लोकतान्त्रिक) पार्टी, मधेसी समता पार्टीको संयुक्त बैठकले संसदमा दर्ता भएको संबिधान संसोधन बिधेयक फिर्ता नभए आन्दोलनमा जाने निर्णय गराईनुले मुलुकको राजनीति परिदृष्य भीडन्ततर्फ जाने संकेत देखिएको राजनीतिक बिश्लेशकहरुले अनुमान लगाएका छन् ।

राजनीतिक बिश्लेशकहरुले संबिधान कार्यान्वयन नहुन्जेल मुख्य दलहरु एकठाँउमा उभिएर सहमतीय सरकार नबनेसम्म दलहरुको द्वन्द्व नरोकिने बताएका छन् ।